पासपोर्ट दुरुपयाेगसम्बन्धी रवि लामिछानेको मुद्दा संयुक्त इजलासको १२औँ नम्बरमा, कस्तो आउँछ आदेश ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्ध राहदानी (पासपोर्ट) दुरुपयोगसम्बन्धी मुद्दाको पेसी सर्वोच्च अदालतको संयुक्त इजलासमा तोकिएको छ ।

युवराज पौडेल (युवराज सफल)ले दायर गरेको सो रिटमाथि सुनुवाइ गर्न सोमबार (माघ १९) न्यायाधीशद्धय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको छ । सो इलजासको सूचीको १२औँ नम्बरमा रविविरुद्धको मुद्दाको पेसी परेको छ ।

रवि लामिछानेले नेपाली र अमेरिकन दुईवटा राहदानी प्रयोग गरेको दाबी गर्दै सफलले २०७९ चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
सफलले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै रिट दायर गरेका हुन् । रविविरुद्ध रिट चलाउनुनपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सफल सर्वोच्च पुगेका हुन् ।

२०७९ चैत ६ गते तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले रविविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए ।

सफलले रिटमा रविसहितमहान्यायाधिवक्तको कार्यालय, तत्काीन महान्यायाधिवक्ता डा.दिनमणि पोख्रेल, जिल्ला प्रशासन कार्यालय काठमाडौं, अध्यागमन विभाग, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं, निर्वाचन आयोग कान्तिपथलाई प्रतिवादी बनाएका छन् ।

यसअघि यो मुद्दामा सर्वोच्चले २०७९ चैत २२ गते कारण देखाऊ आदेश र २०८० जेठ ९ गते फाइल मगाउने आदेश दिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार