१९ लाख तिरेर सर्विया पुगेपछि अलपत्र परेका भुवनलाई सरकारले गर्‍यो उद्धार

रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ।

भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका विष्णु सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ।

SHIKHAR COOL TECH

जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय र जर्मनमा रहेको नेपाली राजदूतावासको समन्वयमा गत कात्तिक २५ गते डुङ्गा दुर्घटना हुँदा घाइते र अलपत्र बनेका विकको उद्धार भएको हो ।

गत हप्ता जन्मथलो आइपुगेका विकले नयाँ जीवन पाएको बताए।

‘सर्वियामा काम र ज्याला नपाएपछि इटली जान हिँडेका म लगायत १३ जना नेपाली चढेको डुंगा दुर्घटना हुँदा पानीमा डुबेर घाइते अवस्थामा त्यहाँको प्रहरीले उद्धार गरेर उपचार गरे पनि राहदानी लगायत कागजात नहुँदा अलपत्र बनेको थिएँ,’ भुवनले भने, ‘मलाई त्यहाँ लैजाने सन्तोष विक, किसान विक र कमल अधिकारीले बेवास्ता गरेपछि घरमा खबर गरेर आप्रवासी स्रोत केन्द्रमार्फत उद्धार भएर घर आउन पाउँदा नयाँ जीवन पाएको महसुस गरेको छु।’

चिसो पानीमा डुबेको र पानी निलेका कारण स्वास्थ्यमा गम्भीर समस्या भएका भुवनको स्वास्थ्यमा सुधार भए पनि आन्द्राको समस्या अझै निको हुन नसकेको बताए। उनीहरु सर्बियामा जागिर र काम गरेको ठाउँमा तलब नपाएपछि त्यहाँबाट भागेर अवैध बाटोबाट इटली जाने क्रममा दुर्घटनामा परेका हुन् ।

आप्रवासी स्रोत केन्द्र म्याग्दीका कर्मचारी प्रमिला पौडेलले भुवनकी श्रीमती मीनाले गत पुस २३ गते पेस गरेको निवेदनको आधारमा गृह, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, जर्मन राजदूतावाससँग समन्वय गरेर उद्धार गरिएको जानकारी दिइन्।  

प्रतिव्यक्ति ११ लाख तिरेर भुवनसँगै सर्विया पुगेका म्याग्दीका अन्य तीन पनि भने जस्तो काम र तलब नपाएपछि घर फर्किएका छन्।

भुवनसँगै डुङ्गा दुर्घटनामा परेका बेनी–९ काउलेगौंडाका विष्णु सार्कीको अवस्था भने अझै अज्ञात रहेकाले खोजी गरिदिन उनका आफन्तले आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएका छन् ।

उनका भाइ दिलगोपालले डुङ्गा दुर्घटना भएको दिनदेखि सम्पर्कविहीन भएको तथा अवस्था पहिचान र उद्धारका लागि भएको पहलबाट अहिलेसम्म उपलब्धि नहुँदा निराश बनेको बताए।

‘सर्बियाको प्रहरीको नियन्त्रणमा रहेको अथवा अस्पतालमा उपचार गराइरहेको हुनसक्ने अनुमान गरेका छौं,’ उनले भने, ‘अवस्था पहिचान नुहँदा अलमलमा परेका छौं।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार