*डोटीका उम्मेदवार खड्का: फेरि राजधानीकै कुरा गरेर जनता झुक्याउँदै !

धनगढी । चुनाव नजिकिएसँगै सुदूरपश्चिमको राजधानीको विषय फेरि चर्किएको छ । विशेषगरी डोटी र डडेल्धुराका उम्मेदवारहरुले प्रदेश राजधानीको विषयलाई चुनावी एजेन्डाका रुपमा स्थापित नै गरेका छन् ।

अझ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसबाट डोटीमा उम्मेदवारी दिएका भरत बहादुर खड्काले राजधानीको विषय चर्कोसँग उठाएका छन् ।

खड्का तीनै व्यक्ति हुन्, जो दिपायलबाट राजधानी कैलाली ल्याउनुपर्छ भन्ने पक्षमा लागेको आरोप लागेको थियो ।

तर उक्त आरोपमा कुनै सत्यता नभएको खड्काले प्रष्टिकरण दिएका छन् । उनले आफूले राजधानी नसार्ने बरु दिपायलमै राजधानी रहन दिने विषयमा अडान लिएको दाबी गरेका छन् ।

यद्यपि डोटीबासीले राजधानी सार्नमा खड्काले भूमिका खेलेको आरोप लगाएका थिए । हाल उनै भरत बहादुर खड्का डोटीमा उम्मेदवार छन् ।

हरेक पटक उम्मेदवारले राजधानीको विषयलाई लिएर जनता झुक्याउने गरेको आरोप लागिरहेको बेला यसपाली पनि प्रदेश राजधानीको विषय जोडदारसँग उठाइरहेका खड्कामाथि राजधानीको मुद्दा उठाएर फेरि जनतालाई भ्रममा पार्न खोजेको आरोप लागेको छ ।

डोटीका बासिन्दाले राजधानीको मुद्दालाई भावनात्मक विषयका रूपमा लिँदै आएका छन् । यही भावनालाई प्रयोग गर्दै खड्काले राजधानी डोटीमै हुनुपर्ने आशयका अभिव्यक्ति दिनु जनतालाई झुक्याउने प्रयास भएको स्थानीय राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।

नोट: यसअघि ‘खड्का तीनै व्यक्ति हुन्, जो दिपायलबाट राजधानी कैलाली ल्याउनुपर्छ भन्ने पक्षमा लागेको आरोप लागेको थियो ।‘ हुनुपर्नेमा अन्यथा हुन गएकाले क्षमा याचनासहित सच्याएका छौँ।सम्पादक

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार