प्रवासमा सुरु भयो डा. तारा जोशी जिताऔँ अभियान

धनगढीः भारतमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तारा जोशीलाई जिताउने उद्देश्यले ‘डा. तारा जोशी जिताऔँ अभियान’ सुरु गरिएको छ।

डडेल्धुरा घर भई हाल रोजगारीको सिलसिलामा भारतमा रहेका केही युवाहरूले नयाँ दिल्लीबाट अभियानको सुरुआत गरेका हुन्। प्रवासी भारतीय एकता समाज, दिल्लीको पहलमा सुरु गरिएको अभियान भारतका विभिन्न स्थानमा समेत विस्तार गरिने समाजका सदस्य खेमराज धामीले जानकारी दिए।

डडेल्धुरा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका डा. जोशीबाट जिल्लामा सकारात्मक परिवर्तन हुने अपेक्षासहित प्रवासी नेपालीहरूले मतदातालाई उनकाे पक्षमा मतदान गर्न अपिल गरेका छन्। आफूहरू प्रवासमा रहे पनि घर–घरमा फोनमार्फत डा. जोशीलाई मत दिन आग्रह गरिरहेको धामीले बताए।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक गढ मानिने डडेल्धुरामा यसपटकको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ। देउवा स्वयं चुनावी मैदानमा नभए पनि नेपाली कांग्रेसबाट नैनसिंह महर, नेकपा एमालेबाट चक्र स्नेही, नेकपाबाट मानसिंह माल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. ताराप्रसाद जोशी, राप्रपाबाट गोविन्द खडायतसहित अन्य दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार