प्रत्यक्षतर्फको २५ जिल्लाको ३० लाख मतपत्र छपाई सकियोः निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी मतदाता नामावली र मतपत्र छपाइको कामलाई निकै तीव्रता दिएको छ। आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले तयारीबारे जानकारी दिँदै समानुपातिकतर्फको मतपत्र छपाइ कार्य पूर्ण रूपमा सकिएको बताए। 

उनका अनुसार समानुपातिकतर्फका लागि आवश्यक दुई करोड आठ लाख ३० हजार थान मतपत्र छापिएर तयारी अवस्थामा छन्। गएको हप्तादेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ पनि सुरु भइसकेको छ र हालसम्म २५ जिल्लाका लागि ३० लाख मतपत्र छपाइ भइसकेको उनले जानकारी दिए।

SHIKHAR COOL TECH

आयोगका अनुसार प्रत्यक्षतर्फ कुल दुई करोड मतपत्र छाप्नुपर्नेमा अब एक करोड ७० लाख थान छाप्न बाँकी छ। अहिले दैनिक १२ देखि १५ लाखको सङ्ख्यामा मतपत्र छपाइ भइरहेको हुनाले निर्धारित समयभित्रै काम सकिने प्रवक्ता भट्टराईको विश्वास छ। 

मतपत्रसँगै मतदाता नामावली छपाइको कामलाई पनि प्राथमिकतामा राखिएको र आगामी हप्तासम्ममा यो कार्य पनि पूर्ण रूपमा सम्पन्न हुने उनले बताए। आयोगले निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो कार्ययोजनाअनुसारका सबै प्राविधिक र व्यवस्थापकीय कामलाई गति दिएको छ।

“हामीले यो हप्ता मतपत्र र नामावली छपाइलाई मुख्य प्राथमिकतामा राखेका छौँ र हामी आफ्नो कार्यतालिका भित्रै छौँ,” भट्टराईले भने। उनले दैनिक रूपमा भइरहेको प्रगतिले आयोगलाई तोकिएको समयमै सबै निर्वाचन सामग्री जिल्ला-जिल्लामा पठाउन सहज हुने दाबी गरे। निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले मतदाता शिक्षा र मतदान केन्द्रहरूको व्यवस्थापनमा पनि ध्यान केन्द्रित गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार