रास्वपाले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चूनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

रास्वपा कोषाध्यक्ष लिमा अधिकारीले जनताको एजेण्डा समावेश गरेर चूनावी घोषणापत्र तयार भइरहेको भन्दै फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन्।

SHIKHAR COOL TECH

पार्टीका उपसभापति एवं घोषणापत्र मस्यौदा समितिका संयोजक डा स्वर्णिम वाग्लेले फागुनको पहिलो साता चूनावी वाचा पत्र सार्वजनिक गर्ने गरि तयारी भइरहेको उनले बताइन्।

उनले पाँच बर्षमा महत्वपूर्ण पाँच क्षेत्रमा काम गर्ने गरि घोषणापत्र जारी हुने उल्लेख गरिन्। जसमा जेनजीका एजेण्डालाई समेट्ने र सुशासनको बिषय मुख्य मुद्दा हुने उनको भनाइ छ।

अधिकारीले भ्रष्टाचारको अन्त्य, आर्थिक सुधारको एजेण्डाका साथै सरकारमा गएको १०० दिनमा १०० वटा प्रमुख कार्यहरू गर्ने र त्यसका लागि नितिगत सुधारका खाका सार्वजनिक गरिने धारणा राखिन्।

त्यस्तै उनले रास्वपाप्रति जनताले देखाएको विश्वासलाई कायम राख्न सशक्त एवं प्रभावकारी ढंगले काम गर्नुपर्ने अवस्था रहेको बताइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार