विद्युत् खपतको एजेन्डा अब दलहरूले लिनुपर्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादन बढ्दै गए पनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताएका छन् । 

SHIKHAR COOL TECH

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष कार्कीले ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा सुझाव दिँदै विद्युत्र निर्यात गर्न निजी क्षेत्रलाई दिनुपर्ने बताएका हुन् । 

दलहरूले उत्पादित विद्युत् निर्यात, खपत तथा व्यपारमा भएका नीतिलाई सुधार गर्ने प्रतिबद्धता गर्नुपर्ने र कार्यान्वयनमा जोड दिनुपर्ने कार्कीको भनाइ छ ।

अध्यक्ष कार्कीले भने, “विद्युत् उत्पादन मात्र गरेर हुँदैन खपतका योजना चाहिन्छ । निजी क्षेत्रले उत्पादन गरेको विद्युत् विद्युत् प्राधिकरणले किनिदेने व्यवस्था गर्नुपर्छ, नत्र लाइसेन्स फिर्ता दिने व्यवस्था गर्नुपर्‍यो । निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिनुपर्‍यो । निजी क्षेत्रको सुरक्षाका लागि पनि नीति बनाउनुपर्‍यो ।”

कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्ले युवा शक्तिलाई नेपालमै राख्नका लागि पार्ट टाइम जबको व्यवस्था हुनुपर्ने बताए । उनले मुलुकमा आयात चुलिएको बताउँदै कृषिलाई दलहरूले प्राथमिकतामा राखेर कुनै पनि जमिन बाँजो नराख्ने नीति दलहरूले लिनुपर्ने बताए । 

पूर्वअध्यक्ष मल्लले भने, “भारतले २०० बिलियन आईटी निर्यात गरिरहेको छ । अब आईटी गाउँसम्म पढाउने नीति  लिनुपर्छ । वनजंगल क्षेत्र सदुपयोग भएको छैन, काठहरू आयात गर्नुपर्ने अवस्था अन्त्य गर्ने नीति दलहरूले लिनुपर्छ ।”

उनका अनुसार गाँजालाई औद्योगिक प्रयोजनका लागि सहज बनाउनुपर्छ भने अब सरकारी सेवामा चुस्तदुरुस्त हुनुपर्नेमा समेत जोड दिए । –न्युज एजेन्सी नेपाल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार