देउवाको पनि शुभेच्छा लिएर कांग्रेसको नयाँ अध्याय सुरु गरेको हुँ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशनपछि विशेष महाधिवेशनले पारित गरेको विधान कार्यान्वयनमा आउने बताएका छन्।

कांग्रेसको निर्वाचन परिचालन मुल समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय र प्रदेश सभाको चुनाव अगाडि नै पार्टीको महाधिवेशन भइसक्ने बताए।

उनले भने, ‘टिकटको लागि अब सभापति र महामन्त्रीको घर धाउने दिन सकियो अब, यहाँ कुनै गुट पनि छैन। कांग्रेसमा अब कुनै भागबन्डा छैन। कांग्रेसले पार्टीभित्र पनि भागबन्डा गर्दैन, बाहिर पनि गर्दैन। सबैलाई समान व्यवहार गर्ने गरीकन पार्टी चल्छ।’

उनले कांग्रेस बदलिएर आएको भन्दै ६०(४० को भागबन्डाको पनि अन्त्य भएको दाबी गरे। उनले पार्टी सभापतिको कोहीसँग पनि अध्याँरो कोठामा अप्राकृतिक सम्बन्ध नहुने बताए।
उनले भने, ‘नयाँ युगको सुरुआत भयो, हिजो सबै खराब थिए भन्ने पनि होइन। मेरो निवर्तमान सभापति आफ्नो सारा जीवन तपाई र मेरो अधिकारको लागि लडेर आउनुभयो। उहाँलाई सम्मान छ, उहाँले प्रजातन्त्र स्थापना र पार्टीका लागि दिनुभएको योगदान सम्झँदै उहाँको पनि शुभेच्छा लिएर पार्टीको नयाँ अध्याय सुरु गरेको छु।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार