प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित सहिद स्मारक पुगी ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेकी छन् ।  

सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्रीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेकी हुन् । 

SHIKHAR COOL TECH

हरेक वर्ष काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि  सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज सहिद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । 

सहिद दिवसको अन्तिम दिन आज बिहान शान्तिवाटिकाबाट प्रभातफेरी सुरु भएको थियो । शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो । 

सभामा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरु, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अङ्गका प्रमुखहरुको सहभागिता रहेको थियो । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन तथा स्वाभिमानका लागि विगतमा गरिएका प्रयत्न र त्याग बिर्सनु नहुने धारणा राखिन। सरकारले सहिद दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार