लोकतान्त्रिक अधिकार शहीदहरूले रोपेका बीउ हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै अहिलेको लोकतान्त्रिक अधिकार १९९७ सालका शहीदहरूले रोपेको बीउ भएको बताएका छन् ।


अध्यक्ष ओलीले आफ्नो सन्देशमा निरङ्कुश र जहानियाँ शासनको अन्त्य गरी लोकतान्त्रिक अधिकार स्थापना गर्ने आन्दोलनमा शहीदहरूले खेलेको भूमिका स्मरण गर्दै, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको पनि उल्लेख गरे ।

SHIKHAR COOL TECH


उनले भने, ‘निरङ्कुश जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो। आज समाजले पाएको लोकतान्त्रिक अधिकार सहिदहरूको बलिदानले रोपेको हो ।’


साथै, अध्यक्ष ओलीले शहीदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग रहने प्रतिबद्धता व्यक्त गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार