बालेनको चुनावी अभियान टोलीका एक सदस्य अछाममा बेहोस, हेलिकप्टरबाट काठमाडौँ लगिँदै

अछाम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको चुनावी अभियान टोलीका एक सदस्य बेहोस भएका छन्।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार बालेनसँगै अछाम आइपुगेका नुवाकोट घर भएका ४३ वर्षीय दिनेश सिटौला बिरामी परेका हुन्। 


उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको छ।

तर थप उपचारका लागि काठमाडौँ लाने तयारी भइरहेको छ। 


त्यसका लागि  सुर्खेतबाट नेपाली सेनाको हेलिक्प्टर उद्धारका लागि अछाम मगाइएको छ।

उनका अनुसार सिटौला आज बिहान एक्कासि बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो। 

थप उपचारका लागि काठमाडौँ लान सुर्खेतबाट नेपाली सेनाको हेलिक्प्टर उद्धारका लागि अछाम उडेको छ।

बालेनको अछाममा चुनावी अभियान सकेर आजै कर्णाली प्रदेशको दैलेख जिल्लाका विभिन्न स्थानमा सहभागी हुने कार्यातालिका छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार