मलंगवामा हालसम्म साढे ८ हजार बालबालिकाले लगाए दादुरा विरुद्धको खोप

काठमाडौं – सर्लाहीको मलंगवामा हालसम्म साढे ८ हजार बालबालिकाले दादुरा विरुद्धको खोप लगाएका छन्। माघ १२ गतेदेखि सुरु भएको खोप अभियानमा हालसम्म ८ हजार ५७४ बालबालिकाले खोप लगाएका हुन्।

माघ १४ गते मात्र २ हजार ७८९ जना बालबालिकालाई खोप लगाइएको मलंगवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले जानकारी दिए। 

SHIKHAR COOL TECH

दादुराको संक्रमण रोक्न नगरपालिका भित्रका ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने काम भइरहेको छ। मलंगवा नगरपालिकाको वडा नं २, ३, ४, ८, ९ र १० गरी ६ वटा वडामा दादुरा विरुद्धको खोप अभियान सुरु भएको हो। 

वडा नं ३ र ४ मा भेटिएका शंकास्पद २७ बिरामीमध्ये ७ जनामा संक्रमण पुष्टि भएको हो। हाल भने ती वडामा दादुरा संक्रमण नियन्त्रणमा रहेको नगरपालिकाले जनाएको छ। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार