कैलालीमा प्रचार प्रसार अभियानमा जुट्यो एमाले

धनगढी: नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी २१ ते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा प्रचार प्रसार अभियानलाई सघन रुपमा अघि बढाउँदै लगेको छ ।

पार्टीले टोलस्तरीय बैठक, भेला, निर्वाचन परिचालन समिति, उपसमिति गठन लगायतका काम एकसाथ अघि बढाएको छ । एमालेका केन्द्रिय, प्रदेश स्तरका तथा स्थानीय नेताहरू मतदातासँग प्रत्यक्ष संवादमा जुट्दै विगतका उपलब्धि र आगामी योजनाबारे जानकारी गराइरहेका छन् ।

SHIKHAR COOL TECH

यस्तै युवा, महिला र किसानलाई लक्षित कार्यक्रममार्फत समेत एमाले सघन रुपमा मतदातामाँझ पुगि रहेको एमाले प्रदेश सचिव रणबहादुर चन्दले बताए । पर्टीको तर्फबाट उम्मेदवार बनेका उम्मेदवारले जनतामाँझ गएर जनताका समस्या र आवश्यकताको पहिचान गर्दै आगामी योजना बारे जानकारी लिइरहेको चन्दे बताए ।

यसै क्रममा बिहीबार नेपाल कम्युनिष्ट पार्टी कैलालीले स्थानीय विकास विभागले एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको भेला आयोजना गरेको छ । भेलाले पछिल्लो विकसित राजनीतिक परिस्थितीको विश्लेषण गर्दै निर्वाचनको आचार संहिताको पूर्णपालना गरी अघि बढ्ने जनाएको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको भेलाको प्रमुख अतिथीका रुपमा एमाले केन्द्रीय सदस्य कैलाली संयोजक एवम् राष्ट्रिय सभा सदस्य लिला भण्डारी रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार