बैतडीमा मोबाईल पत्रकारिता सम्बन्धी प्रशिक्षण सुरु

बैतडी: बैतडीमा पत्रकारहरूका लागि एआई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सञ्चालन गरिएको हो ।

प्रशिक्षण कार्यक्रम पत्रकारितालाई समयसापेक्ष, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत बहादुर शाहले बताए ।

SHIKHAR COOL TECH

प्रशिक्षण कार्यक्रममा डडेल्धुरा, बझाङ, दार्चुला र बैतडी जिल्लाका ३५ जना क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ । प्रशिक्षणमा एआई प्रविधिको प्रयोग गरी समाचार संकलन, फोटो तथा भिडियो सम्पादन, मोबाइलमार्फत समाचार उत्पादन, डिजिटल प्लेटफर्ममा सामग्री प्रकाशनलगायतका विषयमा व्यवहारिक जानकारी दिइने प्रशिक्षक विकास कार्कीले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार