सिटी स्क्यान खरिदमा भ्रष्टाचार आरोपमा तानिए तत्कालीन उपकुलपतिदेखि कर्मचारीसम्म

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन उपकुलपति नै तानिएकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्राध्यापक डा. संगीता भण्डारी सहित २० जना विरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियार प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रतिष्ठानमा सिटी स्क्यान खरिद गर्दा ७ करोड ३१ लाख ८२ हजार ९८५ रूपैयाँ भ्रष्टाचार भएको फेला परेको छ। 

त्यसमा बिहीबार प्राध्यापक डा. भण्डारी र प्रतिष्ठानका तत्कालीन अन्य कर्मचारी र एउटा कम्पनीसहित २० जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए। 

प्राध्यापक डा.भण्डारीसहित तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी, बोयोमेडिकल इन्जिनियरद्वय शरद भण्डारी र आशुतोष भण्डारी, कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमितकुमार चौधरी र लेक्चरर डा. श्रीसिया पोखरेल विरुद्ध मुद्दा दर्ता भएको छ। 

त्यस्तै, तत्कालीन शाखा अधिकृतहरू झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आइटी अफिसर हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिस्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह, हिमालयन मेडिटेक प्रालि तथा उक्त कम्पनीका प्रमुख अमर श्रेष्ठ र सन्जु राजकर्णिकारविरूद्ध मुद्दा दर्ता गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए। 

उनीहरूविरूद्ध जनही  ७ करोड ३१ लाख ८२ हजार ९८५ बिगो माग दाबी गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार