बाजुराको मार्तडीमा बालेन, बजारका सबै घन्टी घरमा पुगे

मार्तडी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन शाह बाजुराको मार्तडी बजार पुगेका छन्।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका निम्ति राजनीतिक भेटघाटका लागि निस्किएका उनले बडिमालिका देवीको आशिष मागेर बाजुरा यात्रा गरेका थिए।

मार्तडी बजारमा पुग्दा बालेनको क्रेज निक्कै उत्साहजनक रहेको थियो। बजारभरीका सबै घन्टीघरमा थामिनसक्नुगरी घुइँचो लागेका छन्।

बाजुरा हिँड्नुअघि बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए,‘बझाङबाटि बाजुरा जान लाग्या छु! बडिमालिका माताले सबैकी आशिष दिउन्।’

बालेन बझाङमा रास्वपाको नेता तथा कार्यकर्तासहित सर्वसाधारणसँग छलफलमा रहेका थिए। 

सो क्रममा उनी बझाङका जेनजी शहीद सुवासकुमार बोहोराको गाउँमा समेत पुगेका थिए।

बालेन बझाङस्थित बोहोराको गाउँ गडरिया बजारमा विहीबार बिहान पुगेका थिए।

त्यहाँ पुगेर उनले शहीद बोहोराको स्मरण गर्दै विद्रोहमा दिएको सहादत खेर नजाने बताएका छन्। बझाङका सुवास कानुन विषयमा स्नातक पढिरहेका थिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार