प्रचण्डको चुनावी कसौटीः जनयुद्धका शहीद पुत्र जेनजीबाट पराजित हुन सक्छन्!

काठमाडौं– ०६४ सालदेखि निरन्तर विभिन्न निर्वाचनमा जित निकालेका हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड यस पटक भने कसौटीमा उभिन पुगेका छन्।

उनले निर्वाचन क्षेत्र फेर्दै जित निकाल्ने उपक्रममा प्रतिनिधि सभाका लागि सुरक्षित भनी पुगेको रुकुमपूर्वमा उनी पराजित हुन सक्ने आँकलन गरिएको छ।

SHIKHAR COOL TECH

उनको प्रस्पिर्धामा जनार्दन शर्मा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जेनजी पुस्ताका मात्र छैनन्, स्वयम् जनयुद्धमा शहीद भएका परिवारका सदस्य र स्थानीय हुन्।

प्रचण्डविरुद्ध जनयुद्धका सहिदका छोरा सन्दीप पुनलाई उम्मेदवार बनाइएको छ। र, यसमा नेकपा एमालेले पनि समर्थन गरिसकेको छ। यसकारण प्रचण्डलाई खतराका दुई मुख्य कारण छन्।

पहिलो जनयुद्धका शहीदका सन्तान, २८ बर्षिय युवा समेत रहेको र यो चुनाव जेनजी पुस्ताको एजेन्डामा आधारित हुनु। अर्कोचाहिँ जनार्दनको प्रभाव क्षेत्रमा पुगेका बेला एमालेले पुनलाई साथ दिनु पनि रहेको छ।

प्रचण्ड नेतृत्वकै जनयुद्धका सहिद दम्पती सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘बृक्षा’का छोरा हुन् प्रलोपा उम्मेदवार जेनजी पुन।

विद्यार्थी आन्दोलनबाट उदाएका पुन राजनीतिक रूपमा सक्रिय युवा नेता हुन्। उनले तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्। यसकारण उक्त क्षेत्रमा राजनीतिक रुपमा पनि प्रचण्डभन्दा प्रभाव राख्न सक्ने युवा हुन् उनी।

उनी शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका अध्यक्षका रूपमा शहीद परिवार, बेपत्ता योद्धाका सन्तान तथा पीडित समुदायको अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएका छन्। 

पुथा उत्तरगंगा, भूमे र सिस्ने गरी तीन गाउँपालिका समेटिएको यस क्षेत्रमा ३४ हजार ७ सय ७२ मतदाता रहेका छन्। गएको निर्वाचनमा यहाँ तत्कालीन माओवादीका पूर्णबहादुर घर्तीमगर १२ हजार २६२ मत ल्याएर विजयी भएका थिए।

‘अब त्यस्तो अवस्था छैन। जनार्दन छुट्टिएपछि माओवादीको मत खण्डित भैसकेको छ। प्रचण्डले माओवाद पनि छाडेका छन्। यसकारण सपना पूरा नभैसकेका शहीदपुत्र युवाका निम्ति प्रभावशाली मत आउने सम्भावना छ’, स्थानीय भन्छन्।

प्रचण्ड सुरक्षित हुनका लागि रुकुमपूर्व पुगेका त हुन् तर जनयुद्धका शहीदका सपना अहिलेसम्म पूरा नगरेका कारण रुष्ट माओवादीका समर्थकको मत प्रतिस्पर्धी जेनजी पुस्तालाई जाने खतरा छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार