सांसद भट्टको टिप्पणीः देश जलाउनेहरुसँग आशा राख्न सकिँदैन

धनगढीः नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति आक्रोश पोखेका छन। बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले साहले भदौ २४ गते देशलाई खरानी बनाउने कामको नेतृत्व साहले गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फेर्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताए।

सांसद भट्टले साहले काठमाडौं महानगरपालिकाको जिम्मेवारी पूरा नगरेकोमा आपत्ति जनाए। एउटा जिम्मेवारी पूरा नहुँदै अर्को जिम्मेवारी जाने, पत्रकारको नाममा मन्त्री बन्ने अनि सांसद बन्ने खोज्नेहरुले संविधान बनाउने, देश र जनताका लागि रगत, पसिना बगाउने नेताहरुलाई पुराना भनेर अर्ति उपदेश दिने काम कुनै पनि हालत जायज नभएको उनले जिकिर गरे।

सांसद भट्टले भने ‘देशलाई खरानी बनाउनेहरुले देशको मुहार फेर्छ भन्ने के ग्यारेन्टी छ ?  आफ्नो एउटा जिम्मेवारी छोडेर अर्को जिम्मेवारीमा जाने। आफू एउटा मिडिया हाउसको सबभ ठूलो पत्रकार भनेर उभ्याएर मन्त्री खाने अनि माननीय हुन जाने बाँकि तपाई हामी जस्ता विचारले बाँधिएका, विचारले जनताका लागि, देशका लागि रातदिन खटिने मानिसहरु बदनाम हुँदै जाने।’ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार