रेशमको उम्मेदवारी खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकियो

धनगढीः नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजी विरुद्ध दायर गरेको रिट सुनुवाईका लागि पेसी तोकिएको छ। चौधरीको रिट सर्वोच्च अदालतमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार सुनुवाइका लागि पेसी तोकिएको हो।

चौधरीले कैलाली क्षेत्र नं. १ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दर्ता गरेको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले आयोगको निर्णय विरुद्ध रिट दायर गरेका थिए।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिँदै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार