सानो भाइसँग काठमाडौंमा बसिरहेका उनलाई २३ गते घाँटीमै गोली लागेको थियो। अस्पताल लगिसक्दा उनले प्राण त्यागिसकेका थिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह जेनजी विद्रोहका शहीद सुवासकुमार बोहोराको बझाङस्थित गाउँमा पुगेका छन्।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उम्मेदवार र नेता कार्यकर्तासँग भेट गरिरहेका बालेन बझाङस्थित बोहोराको गाउँ गडरायमा बजारमा विहीबार बिहान पुगेका हुन्।
त्यहाँ पुगेर उनले शहीद बोहोराको स्मरण गर्दै विद्रोहमा दिएको सहादत खेर नजाने बताएका छन्।
बझाङका सुवास कानुन विषयमा स्नातक पढिरहेका थिए। आर्थिक अवस्था कमजोर भएका कारणले पछिल्लो समय पढाइ छोडेर उनी जापानी भाषा पढेर जापान जाने तयारीमा थिए।
-1769666357.jpg)
भिसा लागेपछि बुवा बेपत्ता भए। अनि उनी जापान जाने सपना त्यागेर भारतमा गएर मजदुरीसमेत गर्थे।
छोराको इच्छा पूरा गर्न आर्थिक पुँजी आफैँ जुटाउने ध्येयले उनकी आमा भारतमा मजदुरी गर्दै छोरालाई नेपालमै फर्काउन सफल भएकी थिइन्।
सानो भाइसँग काठमाडौंमा बसिरहेका उनलाई २३ गते घाँटीमै गोली लागेको थियो। अस्पताल लगिसक्दा उनले प्राण त्यागिसकेका थिए।
तत्कालिन केपी शर्मा ओली सरकारले जेनजी विद्रोह दबाउनका निम्ति अन्धाधुन्ध गोली चलाउँदा शहीद भएका उनै बोहोराको गाउँमा बालेन पुग्दा ठूलो भिड जम्मा भएको थियो।





प्रतिक्रिया दिनुहोस्