काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित

काठमाडौं । बुद्ध एयरले बाक्लो हुस्सु र कुहिरोका कारण काठमाडौँ विमानस्थलस्थित आफ्नो कार्यालयको उडान सेवा बन्द गरेको छ। 

हुस्सुका कारण उडान भर्न समस्या आएपछि यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै बुद्ध एयरले तत्कालका लागि सेवा रोकेको हो।

SHIKHAR COOL TECH

विमानस्थलको मौसममा सुधार आउन र उडान सुचारु हुन अझै केही समय लाग्ने बुद्ध एयरले जानकारी दिएको छ। 

काठमाडौँका साथै विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलहरू पनि प्रतिकुल मौसमका कारण खुल्न बाँकी रहेका छन्। यी बाहेक देशका अन्य सबै विमानस्थलहरू भने हाल सञ्चालनमा रहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार