रौतहट–४ मा उम्मेदवार बनेका ऋषि धमलाले गर्लान् त चुनावी हमला?

गौर– ‘मलाई सांसद जिताउनुहोस्, एक बर्षभित्र मैले यहाँको सुकुम्बासी समस्यालाई समाधान गर्छु’, प्रतिनिधि सभाको आसन्न निर्वाचनमा पत्रकारिताबाट राजनीतिमा डेब्यू गरेका ऋषि धमला भन्दै थिए,‘तपाईहरूले जिताएपछि समाधान गर्छु।’

पत्रकारितामा उनले चलाउने ‘टक शो’ शैलीमा यसो भनिरहँदा आम जनता पार्टीकै समानुपातिक तर्फकी उम्मेदवार उनकी पत्नी एलिजा गौतमसहित थपडी मारिरहेका थिए।

SHIKHAR COOL TECH

उनी सँधैभरी ब्यस्त हुने मोबाइल नै उनको चुनाव चिन्ह पनि हो। धमला यति बेला कम्मर कसेर चुनावी प्रचारमा सक्रिय छन्।

धादिङका धमला पुगेको रौतहट–४ मा उनले जित निकाल्न सक्लान् या त्यहाँको राजनीतिक चुनावी सान्दर्भिकता कस्तो छ?

२०७४ र २०७९ मा कांग्रेसका देवप्रसाद तिमिल्सिना विजयी भएको यो निर्वाचन क्षेत्रमा यसअघि अन्यले पनि जीत निकालेका थिए।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृह जिल्ला रहेको रौतहटमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको पनि प्रभाव बलियो छ। माधव नेपालपछि रौतहटका जानेमाने नेताको छवि साहले नै बनाएका छन्।

धमला साहकै पार्टीका उम्मेदवार हुन्। 

२०७९ को निर्वाचनमा तिमिल्सिनाले एमालेका उद्धवप्रसाद रेग्मीलाई पराजित गरेका थिए। तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी सहितको समर्थनमा तिमिल्सिना विजयी भएका थिए।

२०७४ मा तिमिल्सिना एक्लैलै बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका डा. वंशीधर मिश्रलाई हराएका थिए।

टेलिभिजन कार्यक्रम, रेडियोलगायतमा चर्चामा रहेका र स्क्रिनमा देखिने र आफ्नै शैलीका कारण स्थानीय जनतामा धमलाको प्रभाव रहेको छ। अझ उनको चुनाव प्रचार गर्ने कमेडी शैलीलाई कतिपयले बौद्धिक जगतले खिसी गरे पनि स्थानीय जनताले पनि रुचाएका छन्।

‘मतदाताले धमलालाई राम्रो र ठूलो मानिस नै ठान्छन्। यसैकारण पनि प्रभु साहले टिकट दिएर उनलाई उम्मेदवार बनाएका हुन्’, स्थानीय भन्छन्,‘यस स्थानको मनोविज्ञानलाई काठमाडौंवासी बौद्धिक जगत भनिनेले जान्न सक्तैन।’ 

यो निर्वाचनमा आम जनता पार्टीका धमलासँगै रौतहट–४ बाट यसअघि दुई पटक विजयी भएका कांग्रेसका तिमिल्सिना छन् भने एमालेबाट रामजी साह छन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट रामकुमार भट्टराई छन्। भट्टराईले २०७० मा एमालेबाट चुनाव जितेका थिए। रास्वपाबाट गणेश पौडेल उम्मेदवार छन्।

सँधै राजनीतिक टक शोमा हमला गर्ने धमलालाले चुनावी राजनीतिमा कस्तो हमला गर्लान्?

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार