उम्मेदवारका प्रचार शैलीमा कतै प्रशंसा त कतै आलोचना !

‘यो मान्छेले केही गर्ला जस्तो छ भन्ने लाग्छ छ भने मलाई भोट दिनुस्, के गर्ला जस्तो लागेन भने भोट नदिए पनि हुन्छ, मलाई भोट दिनुस्, जितेपछि यसो गर्दिन्छु, उसो गर्दिन्छु भनेर लम्पसार चाहीँ पर्दिनँ, तर काम गर्न छोड्दिनँ,’ आशन्न प्रतिनिधिसभा सदस्यका लागि म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनले यस्तै प्रकारले मतदातामाझ आफूलाई प्रस्तुत गर्दै आएका छन् । उनका यस्ता प्रस्तुति र शैलीहरू आफैँले सामाजिक सञ्जालमा नियमित सम्प्रेषण गरिरहेका छन् ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनले चुनाव प्रचारकै क्रममा कहिले सार्वजनिकस्थलमा पत्रकार सम्मेलन, कहिले नदीमा आफैँले माछा मार्दै गरेका दृष्य र कहिले हिमाली क्षेत्रको भिडियोहरू सार्वजनिक गर्दै आएका छन् । त्यसो त, उनको उम्मेदवारी दर्ता नै अचानाक जस्तो भएको देखिएको थियो । चुनाव गराउने जिम्मेवारीमा रहेको सरकारका मन्त्रीबाट राजीनामा दिएर चुनावमा प्रतिस्पर्धी भएको विषयमा उनीमाथि आलोचना भयो ।

SHIKHAR COOL TECH

शिक्षा सुधारका लागि तयार गरिएका अध्यादेशहरू ल्याउन नसकेकाले मन्त्रीबाट हटेको बताउने पुनले सरकारबाट भागेको भन्ने आलोचनालाई स्वीकार्दै आफू मैदानमा रहेको जनाउँदै आएका छन् । पुनले मतदातासँग पुगेर आफ्नो पुस्तक बेचेको विषयमा निर्वाचन आयोगका उजुरी परेपछि उनले त्यो कामलाई स्थगन गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नुवाकोट क्षेत्र नं. २ का उम्मेदवार अच्युत लामिछानेले मतदाताको पुगेर खुट्टामै ढोगेको र मतदाताले खुट्टा हटाउन खोज्दा लामिछानेको निधार भुइँमै परेको दृष्य सार्वजकि भयो । मतदातासमक्ष विनयी र नजिक हुनु उम्मेदवारको परिचय असल परिचय हो तर बढी भयो कि भन्ने टिप्पणीहरू पनि आए । उम्मेदवार लामिछानेले नेपालीको असल संस्कारलाई कायम राख्न त्यसरी प्रस्तुत भएको प्रतिक्रिया दिए ।

नेपाली कांग्रेसका बझाङका उम्मेदवार प्रकाश रसाइली स्नेहीले चुनावी यात्राका क्रममा बझाङको माटो टेकेपछि भुइँमा ढोगेर जिल्लाको ममता प्रदर्शन गरेका छन् । नेकपा एमालेका रामेछापका उम्मेदवार माधव ढुंगेलले मतदाताको घरमा पुगेर मोही पार्दै गरेको दृष्य चर्चामा आएको छ । आमजनता पार्टीबाट रौताहट क्षेत्र नं ४ का उम्मेदवार ऋषि धमलाले मतदातामाझ पुगेर उखु बोकेको, जेरी पकाएको र ट्याक्टरमा बसेर बोलेका दृष्य सार्वजनिक भए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय र नियमित चासोका रूपमा हेरिएका उम्मेदवारहरू झापा क्षेत्र नं ५ का एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह तथा सर्लाही क्षेत्र नं ४ उम्मेदवार नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र रास्वपाका डा अमरेश सिंहका राजनीतिक गतिविधि आमरुपमा स्थान पाएका छन् ।

रुकुम पूर्वमा उम्मेदवार रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो चरणमा जिल्ला घुमेर हाल काठमाडौंमा रहेका छन् । एमाले अध्यक्ष ओली झापाको करिब एक साता बसेर हाल भक्तपुरमा छन् भने नेता बालेन पूर्वी पहाडी जिल्लाबाट फर्किएर अहिले सुदुरपश्चिमका पहाडी जिल्लामा पुगेका छन् ।

निर्वाचनकै क्रममा बाँके क्षेत्र नं. ३ का उम्मेदवार रहेका रास्वपका खगेन्द्र सुनारको धार्मिक संवेदनशीलतासम्बन्धी पुरानो अभिव्यक्तिलाई अहिले विवादमा ल्याइएको छ । उम्मेदवार सुनाले आफूले त्यसरूपमा नबोलेको प्रतिक्रिया दिए उनीमाथि हिन्दू धर्ममा आस्था राख्नेहरूले आलोचना गर्न थालेका छन् ।

प्रचार शैली आ–आफ्नै देखिए निर्वाचनका लागि यही माघ ६ गते भएको उम्मेदवारीको मनोनयनपत्र दर्तायता राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिता, २०८२ को गम्भीर उल्लंघन गरेको भने पाइएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबीचमा १५ व्यक्ति र संस्थालाई आचारसंहिता उल्लंघनका विषयमा स्पष्टिकरण सोधिएको र आचारसंहिता अनुगमनका लागि संयन्त्र बनाएको बताए । आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वासनीय तुल्याउन जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

यसका लागि जिल्लाहरूमा सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको छ ।

प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । तोकिएका आचारसंहिता अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार र विभिन्न पक्षबाट हुन सक्ने उल्लंघनका विषयलाई जानकारीमा राखी कारबाहीका लागि सिफारिस गर्न सक्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार