चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको आरोप झुटो भएको हर्क साम्पाङको दाबी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ दिएका छन् ।

बालबालिका प्रयोग गरेको उजुरीपछि निर्वाचन आयोगले साम्पाङसँग लिखित जवाफ मागेको थियो । जवाफमा साम्पाङले बालबालिका प्रयोग गरेको आरोप गलत भएको पत्र पठाएका छन् ।

SHIKHAR COOL TECH

‘मैले कुनै अभिभावकलाई भनेर, निर्देशन दिएर बालबालिका ल्याएर बालबालिकालाई कुनैपनि काम अह्राएको छैन, फकाएर वा डरधम्की या प्रलोभनमा पारेर कसैलाई नियतबस प्रचारमा लगाएको छैन,’ साम्पाङले लेखेको पत्रमा भनिएको छ ।

बालबालिका प्रयोगको आरोप गलत भएकाले कार्बाहीको आवश्यकता नरहेको उनले तर्क गरेका छन् ।

उनी लेख्छन्, ‘सामाजिक सञ्जालबाट उठाइएका श्रव्य दृष्य (भिडियो) सबै सत्य हुँदैनन् दुद दिने र बदनाम गराउन चाहनेगरी अनेक प्रकारका प्रविधि लगाइ बदनियतबस लगाइएको पनि हुन सक्छ, त्यसैले मलाई या श्रम संस्कृति पार्टीलाई कारबाही गरिनु हुँदैन भन्ने जानकारी निवेदन गर्दछु,’ ।

harka 1

harka 1

harka 2

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार