चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको आरोप झुटो भएको हर्क साम्पाङको दाबी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ दिएका छन् ।

बालबालिका प्रयोग गरेको उजुरीपछि निर्वाचन आयोगले साम्पाङसँग लिखित जवाफ मागेको थियो । जवाफमा साम्पाङले बालबालिका प्रयोग गरेको आरोप गलत भएको पत्र पठाएका छन् ।

‘मैले कुनै अभिभावकलाई भनेर, निर्देशन दिएर बालबालिका ल्याएर बालबालिकालाई कुनैपनि काम अह्राएको छैन, फकाएर वा डरधम्की या प्रलोभनमा पारेर कसैलाई नियतबस प्रचारमा लगाएको छैन,’ साम्पाङले लेखेको पत्रमा भनिएको छ ।

बालबालिका प्रयोगको आरोप गलत भएकाले कार्बाहीको आवश्यकता नरहेको उनले तर्क गरेका छन् ।

उनी लेख्छन्, ‘सामाजिक सञ्जालबाट उठाइएका श्रव्य दृष्य (भिडियो) सबै सत्य हुँदैनन् दुद दिने र बदनाम गराउन चाहनेगरी अनेक प्रकारका प्रविधि लगाइ बदनियतबस लगाइएको पनि हुन सक्छ, त्यसैले मलाई या श्रम संस्कृति पार्टीलाई कारबाही गरिनु हुँदैन भन्ने जानकारी निवेदन गर्दछु,’ ।

harka 1

harka 1

harka 2

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार