धनगढी: कैलालीको हरैयामा थारु एवम् राना थारु संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि माघी मिलन सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। गोदावरी नगर भलमन्सा (बरघर) समितिको आयोजना रहेको यो महोत्सव माघ १६ देखि १८ गतेसम्म सञ्चालन हुने अध्यक्ष मान बहादुर चौधरीले जानकारी दिएका छन्।
उक्त कार्यक्रमलाई गोदावरी नगरपालिकाले सहयोग गरेको छ भने हरैया गाउँ समाजले व्यवस्थापनको जिम्मा लिएको छ। महोत्सवमा थारु एवम् राना थारु समुदायका चालचलन, रहन(सहन र कला संस्कृतिहरूलाई आगामी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ।
स्थानीय बल बहादुर चौधरीका अनुसार, सांस्कृतिक कार्यक्रममा राना थारु समुदायका विभिन्न कला प्रस्तुतिहरू, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, साथै झाँकी प्रदर्शन समेत हुनेछन्। कार्यक्रम गोदावरी–७ स्थित थारु संग्रहालयमा आयोजना गरिने आयोजकहरूले बताएका छन्।





प्रतिक्रिया दिनुहोस्