रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य—त्रिवि शिक्षण अस्पताल

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको उपचार नशाबाट एन्टिबायोटिक दिई भइरहेको जानकारी दिएको हो ।

SHIKHAR COOL TECH

अस्पतालका अनुसार उनको अवस्था स्थिर छ र सुधारोन्मुख रहेको छ । लामिछाने मंगलबार साँझ उपचारका लागि अस्पताल भर्ना भएका थिए । अस्पतालले जनाएअनुसार गत माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो ।

प्रारम्भिक रूपमा औषधि सेवनबाट उपचार गरिए पनि अपेक्षित सुधार नआएपछि संक्रमण फैलँदै सेलुलाइटिस भएको देखिएपछि हाडजोर्नी (अर्थोपेडिक) विभागमा भर्ना गरी उपचार अघि बढाइएको हो ।

अस्पतालले सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका केही तस्बिरहरूबारे पनि स्पष्टिकरण दिँदै प्रष्ट्याउँदै ती तस्बिरहरू अस्पतालको नभएको जनाएको छ । साथै, भ्रमपूर्ण सूचनामा विश्वास नगर्न र आधिकारिक जानकारी अस्पतालबाट जारी हुने विज्ञप्तिमार्फत मात्र लिन आग्रह गरिएको छ । अस्पताल प्रशासनका अनुसार आवश्यक उपचार र निगरानी जारी रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार