अस्पताल भर्ना भएका रवि लामिछानेको स्वास्थ्य अवस्था कस्तो छ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको स्वास्थ्यावस्था सामान्य रहेको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ।

त्रिवि शिक्षण अस्पताले बुधबार विज्ञप्ति जारी गर्दै सभापपिति लामिछाने मंगलबार भर्ना भएको जानकारी दिएको छ।

‘माघ ५ गते जनकपुरको कार्यक्रममा देब्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस भएको कारणले २०८२/१०/१३ गते यस अस्पतालमा हाडजोर्नी विभाग अन्तर्गत भर्ना हुनुभएको र नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको छ,’ अस्पतालले भनेको छ।

उनको अवस्था अहिले सामान्य रहेको र सामाजिक सञ्जालमा भेटिएका फोटोहरू यस अस्पतालको नरहेको पनि प्रवक्ता गोपाल सेडाईंले जानकारी दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार