बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरिएकामा ध्यानाकर्षण

काठमाडौँः बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले निर्वाचन आचारसंहिता विपरीत बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग गरिएका क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता सकिएसँगै बालबालिकालाई जुलुसमा सहभागी गराइएको, राजनीतिक दलको चुवान चिन्ह र उम्मेदवारको तस्वीर भएको टिसर्ट लगाई प्रयोग गरिएको, पार्टी कार्यालय र सम्पर्क कार्यालयमा विद्यालय पोशाकमै बालबालिकाको उपस्थित गराइएको, दलगत प्रचारप्रसारका लागि झण्डा बोकाई बालबालिकाको प्रयोग गरिएको समाचार आएको भन्दै सो अभियानले आपत्ति जनाएको हो । आचारसंहिताको प्रभावकारी अनुगमन र कारवाहीका लागि सिजपले निर्वाचन आयोगलाई आग्रह पनि गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार