शुक्लाफाँटा र आसपासका सिमसारमा २५ हजारभन्दा बढी जलपन्छी फेला

धनगढीः सुदूरपश्चिम प्रदेशको पर्यटकीय तथा जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका सिमसार क्षेत्र जलपन्छीले भरिएका छन्। यस वर्ष गरिएको जलपन्छी गणनामा गत वर्षको तुलनामा उल्लेख्य वृद्धि देखिएको छ।

निकुञ्ज कार्यालयका अनुसार शुक्लाफाँटासहित आसपासका तालतलैया, नदी र सिमसार क्षेत्रमा विभिन्न ८२ प्रजातिका जम्मा २५ हजार ६६० जलपन्छी अभिलेख गरिएको हो। सबैभन्दा बढी जलपन्छी सिकारी तालमा देखिएका छन्, जहाँ २० हजार ९४९ वटा जलपन्छी भेटिएका छन्।

SHIKHAR COOL TECH

त्यस्तै, महाकाली नदीमा ६४५, रानीमा तालमा २२७, राधापुर फाँटामा २१२ र रतनपुर फार्म ल्याण्डमा ६१८ जलपन्छी गणना गरिएको छ। तारातालमा ४५०, कालीकिच तालमा ५३, पुरैनी तालमा एक हजार ५५४, नकैया सिमसारमा ४७१, टुप्पा तालमा ७०, गरभिजला तालमा १३० र बन्धा तालमा २८१ जलपन्छी अभिलेख गरिएको निकुञ्जले जनाएको छ।

सिमसार क्षेत्रमा विभिन्न प्रजातिका हाँसहरूको उपस्थिति उल्लेखनीय देखिएको छ। सिलसिले हाँस एक हजार ५५२, सुनजुरे हाँस ९२३, मालक हाँस एक हजार २०७, खडखडे हाँस तीन हजार १३४, सुइरोपुच्छ्रे हाँस तीन हजार २४७ र विजुलागैरी चार हजार ७७७ वटा फेला परेका छन्। यसका साथै सिन्दुरे, हरियोटाउके, बेल्चाठूँडे, कालीजुरे, कैलेटाउके, श्वेताँखीभौंलगायतका हाँसहरू पनि उल्लेख्य संख्यामा देखिएका छन्।

हिउँदे आगन्तुकका रूपमा आउने डुबुल्की चरा, कालीकण्ठ डुबुल्कीचरा, सिमकुखुरा, बगाले सिमकुखुरा, सारस, मरुल, झिली, कुर्मा तथा विभिन्न प्रजातिका गरुडहरू—भुँडीफोर, घुङ्घीफोर, कालो, लोभीपापी र कृष्णकण्ठ गरुड—समेत अभिलेख गरिएको छ।

जलपन्छी गणना शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण संघ, जेएसएल शुक्लाफाँटा, नेपाल पन्छी संरक्षण संघ, हिमालयन नेचर, नेपाल पन्छीविद संघ, नेचरगाइड शुक्लाफाँटा, रानाथारु होमस्टे तथा कञ्चनपुर पन्छी संरक्षण समूहको संयुक्त सहकार्यमा गरिएको हो।

चराविद् हठन चौधरी, पोखरा पन्छी समाजका मनशान्त घिमिरे, एनटीएनसीका देवराज जोशी, नेपाल पन्छी संरक्षण संघका हिरुलाल डङ्गौरा लगायतको टोलीले गणनामा सहभागिता जनाएको थियो। टोलीका अनुसार विशेषगरी सिकारी र पुरैनी तालमा विगतको तुलनामा यस वर्ष जलपन्छीको संख्या उल्लेख्य रूपमा बढेको पाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार