काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर १ मा ३९ जना उम्मेदवार छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री अनिलकुमार झा यसै निर्वाचन क्षेत्रमा उम्मेदवार छन् । रोचक त यो छ कि दुवै नेता यस पटक साबिकको भन्दा भिन्न दल र चुनाव चिह्न लिएर मैदानमा उत्रिँदै छन् ।पूर्वप्रधानमन्त्री नेपाल नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बन्दा अनिलकुमार झा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । लामो समय नेकपा एमालेको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री नेपालले एमालेभित्र विद्रोह गरी आफ्नै नेतृत्वमा गठन गरेको नेकपा एकीकृत समाजवादीका तर्फबाट ०७९ को निर्वाचनमा उम्मेदवार थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगको गठबन्धनका आधारमा उनी यो क्षेत्रबाट निर्वाचित भएका थिए ।
अर्कोतिर झा भने लामो समय मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएका नेता हुन् । उनी ०७९ को निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा उम्मेदवार थिए । लोसपा नेपालबाट उम्मेदवारी दिएका उनी २३ हजार ६८६ मतसहित दोस्रो हुँदा सो क्षेत्रबाट नेकपा एमालेकी जुली कुमारी महतो ३३ हजार ३८८ मतसहित निर्वाचित भएकी थिइन् ।
धनुषामा पराजित भएका झा यस पटक नेपाली कांग्रेसको चुनावचिह्न लिएर आफ्नै गृहजिल्लाबाट उम्मेदवार बनेका हुन् ।
रौतहट–१ मा नेकपा एमालेले अजयकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीले राजेश कुमार चौधरी, जसपा नेपालले योगेन्द्र राय यादव, जनमत पार्टीले देवेन्द्र मिश्र, प्रगतिशील लोकतान्त्रिक पार्टीले राजाराम मुखिया, उज्यालो नेपाल पार्टीले उमेश कुमार शाहलाई उम्मेदवार बनाएको छ । एमालेका उम्मेदवार गुप्ता ०७९ को निर्वाचनमा दोस्रो स्थानमा सीमित रहेका थिए । तत्कालीन नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल ३३ हजार ५२२ मतसहित निर्वाचित हुँदा एमालेका गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरेका थिए । रौतहट क्षेत्र नम्बर १ मा अहिले स्वतन्त्र उम्मेदवार पनि उल्लेख्य छन् ।
रौतहट–१ मा कुल एक लाख ८ हजार ७२६ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यो निर्वाचन क्षेत्र अन्तर्गत गरुडा नगरपालिकाको वडा नम्बर १, गढीमाई नगरपालिकाको वडा नम्बर ६, ७ र ८, गौर नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म, दुर्गा भगवती गाउँपालिकाको पाँच वटा वडा, माधव नारायण नगरपालिकाको ९ वटा वडा, यमुनामाई गाउँपालिकाको पाँच वटा वडा र राजदेवी नगरपालिकाको ९ वटा वडा पर्दछन् ।
कुन वडामा कति मतदाता ?
- गरुडा नगरपालिका
वडा नम्बर १– ३,५२२
- गढीमाई नगरपालिका
वडा नम्बर ६– ३,११२
वडा नम्बर ७– २,८८५
वडा नम्बर ८– २,८२५
- गौर नगरपालिका
वडा नम्बर १– २,६५२
वडा नम्बर २– २,४५४
वडा नम्बर ३– २,०६७
वडा नम्बर ४– ३,४१६
वडा नम्बर ५– ३,३१८
वडा नम्बर ६– ३,१५१
वडा नम्बर ७– १,५८९
वडा नम्बर ८– २,०४८
वडा नम्बर ९– २,२७२
- दुर्गा भगवती गाउँपालिका
वडा नम्बर १– २,१३२
वडा नम्बर २– ३,१९०
वडा नम्बर ३– २,९६६
वडा नम्बर ४– ३,२३१
वडा नम्बर ५– ३,२४५
- माधव नारायण नगरपालिका
वडा नम्बर १– ३,०२५
वडा नम्बर २– २,१७३
वडा नम्बर ३– ३,१४५
वडा नम्बर ४– २,५४३
वडा नम्बर ५– २,६०६
वडा नम्बर ६– ४,७६४
वडा नम्बर ७– २,६९५
वडा नम्बर ८– २,२२८
वडा नम्बर ९– १,०६६
- यमुनामाई गाउँपालिका
वडा नम्बर १– २,६०८
वडा नम्बर २– २,२०४
वडा नम्बर ३– ३,३३४
वडा नम्बर ४– ४,४३३
वडा नम्बर ५– १,८३१
- राजदेवी नगरपालिका
वडा नम्बर १– २,५४६
वडा नम्बर २– १,२६७
वडा नम्बर ३– १,७६६
वडा नम्बर ४– १,८७२
वडा नम्बर ५– १,५९६
वडा नम्बर ६– २,९०३
वडा नम्बर ७– २,६४५
वडा नम्बर ८– २,३७३
वडा नम्बर ९– ३,०२८





प्रतिक्रिया दिनुहोस्