सम्भावित ‘भावी प्रधानमन्त्री’को शैक्षिक योग्यता: ओलीको ब्ल्यांक, बालेन, गगन र प्रचण्डले कति पढेका छन् ?

२१ फागनुमा हुने प्रतिनिधिसभाको चुनावपछि बन्ने सरकारको नेतृत्वमा राजनीतिक दलहरूले उम्मेदवार अघि सारेका छन् । नेपाली कांग्रेसले सभापति गगन थापा र रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । त्यस्तै, एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पार्टीले सरकारको नेतृत्व गर्ने अवस्था आएमा निर्विकल्प प्रधानमन्त्रीको दाबेदार हुन् । 

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा नेपाली कांग्रेसबाट भावी प्रधानमन्त्रीमा प्रस्ताव गरिएका गगनको शैक्षिक योग्यता एमए उल्लेख छ । कांग्रेसको केन्द्रीय समितिको बैठकले उनलाई २१ फागुनपछिको प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ । चुनावी प्रचारप्रसारका क्रममा पनि गगनलाई पोस्टर ब्वाई बनाइएको छ । 

SHIKHAR COOL TECH

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको शैक्षिक योग्यतामा बीटीयू उल्लेख छ । उनी काठमाडौं विश्वविद्यालयमा पीएचडीका लागि भर्ना भएका थिए । रास्वपाको उम्मेदवार जिताउन रास्वपा सभापति रवि लामिछाने मौन बसेका छन् भने बालेनले देश दौडाहा गरिरहेका छन् । 

बालेन झापा ४ मा एमाले अध्यक्ष ओलीसँगै चुनाव लड्दै छन् । ओलीको शैक्षिक योग्यताबारेमा भने आयोगले सार्वजनिक गरेको विवरणमा केही उल्लेख गरिएको छैन । स्वअध्ययन गरेका ओलीलाई एसएलसी पनि उत्तीर्ण नगरेको आरोप लाग्दै आएको छ । 

रुकुम पूर्वबाट उम्मेदवार बनेका प्रचण्डको शैक्षिक योग्यता बीएस्सी एजी उल्लेख छ । उनले त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी गरेका हुन् । 

prachanda-1769493770.JPG
gagan-ummedwar-1769493770.JPG
balen-ummedwar-1769493771.JPG
oli-1769493772.JPG

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार