बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी

नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भाषण गर्दा भनेको ‘मधेसी छौरा’का सन्दर्भमा आफूले गरेको टिप्पणप्रति क्षमा मागेका छन्। 

गत सोमबार रास्वपाले जनकपुरमा आयोजना चुनावी सभालाई सम्बोधनका क्रममा मैथिली भाषामा बोल्ने प्रयास गर्दै भनेका थिए, ‘मधेसी छौरा पीएम बन्ने वाला है।’

मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयमा केही व्यक्तिले गलत नियतले प्रचार गरेको भन्दै एमाले सचिव बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्। 


‘बालेन भाइले ‘म मधेसको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ। म मधेस, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैँ सम्मान गर्ने व्यक्ति हुँ। मैले नबोलेका विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु। कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु’, बस्नेतले लेखेका छन्, ‘यस क्रममा कसैलाई अन्जानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार