कृष्णपुरमा सरस्वती पूजामा विभेद गर्ने विद्यालयका अध्यक्षलाई कारबाही गर्न माग

महेन्द्रनगरः शिक्षक महासंघ कञ्चनपुरको कृष्णपुर नगर समितिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले शिक्षक गजराम सार्कीमाथि गरेको जातीय विभेद र अपमानजनक व्यवहारको आपत्ति जनाएको छ।

महासंघ समितिका अध्यक्ष पुरन सिंह बोगटी, सह अध्यक्ष दीपक भट्ट र सचिव गणेशराम सार्कीले शनिवार विज्ञप्ति जारी गरी अध्यक्ष भण्डारीलाई पदबाट हटाएर कानुनी कारबाही गर्न माग गरेका छन्। महासंघले शिक्षक सार्कीमाथि सार्वजनिक कार्यक्रममा भएको विभेद घट्नाको निष्पक्ष र पारदर्शी छानबिनको पनि माग गरेको छ। शिक्षक महासंघ कृष्णपुरले सार्कीमाथि गरिएको घट्नाले उनको व्यक्तिगत सम्मानमा मात्रै नभएर शिक्षक जगतको आत्मसम्मानमा गम्भीर आघात पुगेको विज्ञप्तिमा उल्लेख गरेको छ।

SHIKHAR COOL TECH

महासंघले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ऐन २०६८)ले सार्वजनिक स्थानमा जातीय आधारमा गरिने कार्यलाई दण्डनीय अपराध मानेकाले अध्यक्षले पदीय मर्यादा मिचेर आपराधिक कार्य दुःखद भएको भन्दै भत्र्सना गरेको छ। सरस्वती पूजामाका दिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर कुमार भण्डारीले शिक्षक सार्कीलाई टिका नलगाई पातमा राखेर उनको हातमा दिएर विभेद गरेका थिए।

शुक्रवार विद्यालयमा गरिएको सरस्वती पूजामा शिक्षक सार्की सहभागी भएका थिए। व्यवस्थापन समिति अध्यक्ष भण्डारीले सार्की बाहेक अन्यलाई भने टिका लगाएका थिए। सार्कीले अध्यक्ष भण्डारीले आफूमाथि जातीय विभेद र सार्वजनिक कार्यक्रममा अपमानजनक व्यवहार गरेको भन्दै न्यायका लागि शिक्षक महासंघ गुहारेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार