नेपाल खुला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित

काठमाडौँ — नेपाल खुला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् । 

विज्ञान, स्वास्थ तथा प्रविधि संंकाय, सामाजिक शास्त्र तथा शिक्षा संकाय र व्यवस्थापन तथा कानुन सकांयका गरी ५ सय ४५ उत्तीर्ण विद्यार्थी दीक्षित भएका हुन् । तीमध्ये समारोहमा एक सय ९१ जनाको उपस्थिति थियो ।

SHIKHAR COOL TECH

प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदकसमेत वितरण गरिन् ।

समारोहमा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथि थिए । विसं २०७३ मा स्थापित विश्वविद्यालयले हाल स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा अध्यापन गराउँदै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार