कैलाली-५ मा एमालेको प्रचारप्रसार कमान्डरमा चन्द

धनगढी: नेकपा एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को चुनावी प्रचारप्रसारको कमान्डरमा नेता विष्णु चन्द नियुक्त भएका छन्।

कैलाली जिल्ला कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव चन्दलाई कैलाली-५ को चुनावी प्रचारको जिम्मेवारी दिइएको नेकपा एमाले कैलालीले जनाएको छ।

खेलकुद महासंघका सुदूरपश्चिम इन्चार्जसमेत रहेका चन्दले पार्टीका उम्मेदवार यज्ञराज ढुङ्गानालाई जिताउन प्राप्त भएको जिम्मेवारी ईमानदार भएर पूरा गर्ने बताएका छन्। प्रचारप्रसारमा संयोजकमा चन्द सर्वसम्मत भएसँगै छिट्टै समितिलाई पूर्णता दिइने चन्दले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार