ओली–साहबीच पब्लिक डिबेटको विषयमा तर्कवितर्क सुरु

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहबीच पब्लिक डिबेटमा सहभागी हुने विषयलाई लिएर तर्कवितर्क सुरु भएको छ। आइतबार बिहान करिब ८ बजेतिर अध्यक्ष ओलीले सामाजिक सञ्जालमा पब्लिक डिबेटका लागि आफू तयार रहेको उल्लेख गर्दै स्टाटस पोस्ट गरेपछि करिब दुई घण्टापछि साहले सोही स्टाटसमा जवाफ दिएका हुन्।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल (फेसबुक) मा लेखेका छन्, “पब्लिक डिबेटको लागि तयार छौँ । नयाँ–पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबिच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा छ ।”

SHIKHAR COOL TECH

सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख दलका नेताबीच पारदर्शी बहसको माग भइरहेकाले आफू पब्लिक डिबेटका लागि तयार रहेको स्पष्टिकरण अध्यक्ष ओलीको रहेको छ। उनले लेखेका छन्, “फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकाले यस्तो पब्लिक डिबेट माग भएको हुन सक्छ ।”

उनले यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दल, अघिल्लो निर्वाचनमा खुलेका दल तथा नयाँ दलहरू समेत प्रधानमन्त्रीको उम्मेदवार तोकेर मैदानमा आएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ रु सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने–सामने बहसको माग अत्यन्त सकारात्मक छ ।”

यस्तो पब्लिक डिबेटमा आमनेसामने उभिएर यसअघि गरिएका कामको विवरण प्रस्तुत गर्न पाए मतदातालाई सहज हुने अध्यक्ष ओलीको धारणा छ। उनले भनेका छन्, “यसअघि हामीले के के ग¥यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु । चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु । त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु” भन्दै सञ्चारमाध्यमलाई संकेत गर्दै आग्रह गरेका छन्।

यता काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साहले अध्यक्ष ओलीको स्टाटसको जवाफ फर्काउँदै आफू बहसमा नजाने बताएका छन्। उनले सामाजिक सञ्जालमै जवाफ दिँदै लेखेका छन्, “आफूलाई देश जलाउनेको रुपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरुको घर कता कता छन् तपाईहरुलाई नै थाहा थियो । तपाईहरुले आफैँ २३ गते बच्चाहरु मारेको आतङ्कबाद लुकाउन २४ गते जलाएको हो १”

साहले अध्यक्ष ओलीलाई आतङ्कवादी स्वीकार गर्न आग्रह गर्दै लेखेका छन्, “आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो रु१ त्योपछि अरु कुरा गरौंला । ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने छ ।”

यो समाचार तयार पार्दासम्म तीन घण्टामा अध्यक्ष ओलीको उक्त स्टाटसमा ३३ हजार लाइक, २३ हजार कमेन्ट र १।१ हजार शेयर पुगेको देखिन्छ। अध्यक्ष ओली र पूर्व मेयर साह दुवै जना झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार रहेका छन्। यस निर्वाचनमा सबैको ध्यान झापातर्फ केन्द्रित भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार