प्रधानमन्त्रीको उम्मेदवारबीच सार्वजनिक बहसका लागि ओलीको आह्वानमा बालेनले दिए जबाफ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारबीच सार्वजनिक बहसका लागि गरेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले जबाफ दिएका छन्।

ओलीले आइतबार बिहान सार्वजनिक बहसको आह्वान गर्दै  सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए।

SHIKHAR COOL TECH

स्ट्याटसमा कमेन्ट गर्दै बालेनले बहसमा सहभागी नहुने बताएका हुन्।

‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो!  तपाईंहरूले आफै २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो? त्योपछि अरू कुरा गरौंला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,’ उनले ओलीलाई दिएको जबाफमा भनेका छन्। 

OliStatus-1769314933.png
BalenComment-1769314933.png

प्रधानमन्त्रीका उम्मेदवारहरूले सार्वजनिक बहस गर्नुपर्छ भन्ने आवाज उठिरहेको बेला ओली आफैले आह्वान गरेका थिए।

‘पब्लिक डिबेटको लागि तयार छौं। नयाँ/पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ,’ उनले भनेका छन्।

फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने पनि उनले बताएका छन्।

यसपालिको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएको ओलीले भनेका छन्।

‘देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र  खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु।  त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु,’ उनले भनेका छन्।

एमाले सचिवालय बैठकले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ।

नेपाली कांग्रेसले सभापति गगन थापालाई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार