राष्ट्रिय सभा निर्वाचन: १७ सिटका लागि देशभर मतदान जारी

काठमाडौँ । राष्ट्रिय सभामा आगामी २०८२ फागुन २० गतेदेखि रिक्त हुन लागेका १८ सदस्य पदमध्ये १७ पदका लागि आज (माघ ११ गते) बिहान ९ बजेदेखि देशैभरका सातै प्रदेशमा मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ सिटका लागि मात्र आज निर्वाचन हुन लागेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज दिउँसो ३ बजेसम्म मतदान जारी रहने जानकारी दिँदै मतदानका लागि सातै प्रदेशका राजधानीमा मतदान केन्द्रहरू निर्धारण गरिएको बताए। कोशी प्रदेशका लागि विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय, मधेस प्रदेशका लागि जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र र बागमती प्रदेशका लागि हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान भइरहेको छ। त्यसैगरी गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयहरूमा मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

SHIKHAR COOL TECH

यस निर्वाचनमा प्रदेशसभा सदस्यहरूका साथै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहने संवैधानिक व्यवस्था छ। मतभारका हिसाबले प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ कायम गरिएको छ। मतदान सकिएलगत्तै गणना सुरु गर्ने र आजै साँझसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार