राष्ट्रिय सभालाई अझै प्रभावकारी बनाउन आवश्यक छ : अध्यक्ष दाहाल

९ माघ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भ्रष्टाचार निवारण र सुशासन कायमको लक्ष्य हासिल गर्न सभालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औं अधिवेशन शुभारम्भ वक्तव्य दिंदै अध्यक्ष दाहालले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त लक्ष्य हासि गर्न सभालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

जेनजी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्नुपर्ने अहिलेको आवश्यकता उनको भनाइ छ ।

संविधान र नियमावलीको व्यवस्थामा प्रतिकुल नहुने गरी सभाका कामकारवाहीलाई छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर सुधारको अभियान अन्तर्गत भौतिक, कार्यविधिगत र अन्य विविध आयाममा सुधार गरिएको उनले भनाइ छ ।

अध्यक्ष दाहालले राष्ट्रिय सभामा विगतदेखि नै हुँदै आएका असल अभ्यासहरूलाई अझै सुदृढ र व्यवस्थित गर्दै यस अधिवेशनमा नयाँ–नयाँ अभ्यास आवश्यक रहेको बताए ।

दाहालले सभामा हालसम्म उत्पत्ति भएका ६८ वटा विधेयकमध्ये ३९ वटा विधेयक प्रमाणीकरण भइसकेको, १२ वटा विधेयक सरकारले फिर्ता लिएको, प्रतिनिधिसभा विघटित हुँदा राष्ट्रिय सभामा दर्ता भई सभाबाट पारित गरेर प्रतिनिधि सभामा विचाराधीन रहेका ७ वटा विधेयकसहित १२ वटा विधेयक निष्क्रिय भएको जानकारी दिए ।

हाल सभामा विचाराधीन ५ वटा विधेयक मध्ये एक वटा विधेयक सभामा सैद्धान्तिक छलफल भई सभामा रहेको, एक वटा विधेयक विधायन व्यवस्थापन समितिले पारित गरी सभामा प्रतिवेदन पेश भएको र ३ वटा विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलको करिब अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार