धनगढी: कैलाली–५ बाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डाक्टर आनन्दबहादुर चन्दले जेन्जी आन्दोलनका सहिद गौरव जोशीको घरबाट चुनावी घरदैलो अभियान शुरू गरेका छन्।
शुक्रवार सहिद जोशीको घरमा पुगेर उनकी आमासँग आशीर्वाद लिँदै चन्दले प्रचार अभियानको थालनी गरेको प्रचार-प्रसार समितिका सदस्य नितिश जोशीले जानकारी दिए। जोशीको घरमै पुगेर चन्दले सहिद जोशीलाई परिवर्तन चाहने सचेत युवापुस्ताको प्रतीकका रूपमा स्मरण गरेका छन्।
‘जेन्जी आन्दोलनका सहिद गौरव जोशी हाम्रो कैलालीको गौरव हुनुहुन्छ,’ चन्दले भने, ‘उहाँ सोच्ने, प्रश्न गर्ने र देश परिवर्तन हुनुपर्छ भन्ने आवाज बोकेर आन्दोलनमा उत्रिनु भएको थियो।’
त्यसक्रममा सहिद जोशीकी आमाले भावुक हुँदै छोराको सपना पूरा गरिदिन आग्रह गरिन्। ‘हामीले छोरो गुमाएका छौं,’ उनले भनिन्, ‘छोरो जुन उद्देश्यका लागि आन्दोलनमा गएको थियो, त्यो पूरा गरिदिनु होला। देश बनाउनु होला।’





प्रतिक्रिया दिनुहोस्