काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र साह बालेन पाथीभरा माताको शरणमा परेका छन् । बालेन ताप्लेजुङको पाथीभरा दर्शन गर्न पुगेका हुन् ।
बालेन चुनावी अभियानमा रहेकै बेलामा आज बिहान पाथीभरा माताको दर्शन गर्न पुगेका हुन् । काठमाडौँ महानगरपालिकाको मेयरको कार्यकाल नसकिँदै बालेनले उक्त पदबाट राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा होमिएका हुन् ।
मेयर हुँदाका स्वतन्त्र उम्मेदवार बालेन रास्वपामा प्रवेश गरी भावी प्रधानमन्त्रीका रूपमा चुनावी मैदानमा उभिएका हुन् ।
उनी ओलीको गृहजिल्ला झापा ५ बाट ओलीविरुद्ध मैदानमा उत्रिएका छन् ।
एमालेले जित्दा ओलीले सरकार सम्हाल्ने छन् भने रास्वपाले जित्दा र बालेन विजयी भएमा बालेन प्रधानमन्त्री हुनेछन् ।
यसैले पनि यो क्षेत्रलाई निकै महत्वका साथ हेरिएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)





प्रतिक्रिया दिनुहोस्