अलपत्र विकासका योजना, उम्मेदवारका झुटा आश्वासनले थकित मतदाता

बेलौरीः कञ्चनपुरको वेदकोट नगरपालिका–५, धर्मपुरकी ४० वर्षीय शारदा उपाध्यायले यसअघिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई पटक मत खसालेकी थिईन। निर्वाचनपूर्व नेताहरूले विभिन्न आश्वासन दिए पनि पूरा नगर्दा विश्वास नै लाग्न छोडेको उनि बताउँछिन्। महिलालाई रोजगारीका अवसर प्रदान गर्ने, महिलालाई सबै क्षेत्रमा समान हक स्थापित गर्नेलगायतका आश्वासन दिएर उम्मेदवारले मत मागे पनि निर्वाचित भएपछि भने वास्ता नै नगरिँदा निराशा छाएको उनले बताईन्।  

‘रोजगारीमा समान पहुँच स्थापित नगरिँदा कतिपय महिला बिदेसिन बाध्य छन्,’ उनले भनिन्, ‘स्वदेशमै केही गरिरहेका महिलालाई पनि निर्वाचित प्रतिनिधिले स्थानीयलक्षित विकास योजना अगाडि नसार्दा व्यवसाय गर्नसमेत मुस्किल हुने गरेको छ ।’ उपाध्याय पूजाआजामा प्रयोग हुने धागो र कपासबाट बत्ती बनाउँदै आएकी छन्। आर्थिक रुपमा आत्मनिर्भर उनले सरकारले उचित नीति निर्माण बनाएर व्यवसाय गर्दै आएका महिलालाई बजारको व्यवस्थापन गर्न माग गरिन्। उचित नीतिनियम लागु नगरिँदा भारतबाट समेत वस्तु आयात हुने गरेकाले आफूले उत्पादन गरेका वस्तुले बजार नपाउने समस्या रहेको उनको भनाई छ। 

SHIKHAR COOL TECH

नीति निर्माण गर्ने तहमा पुगेका सांसदले उचित नीति बनाएर स्वदेशमा उत्पादित वस्तुलाई बजारीकरण गरिनुपर्ने उनको माग छ। तर विगतका वर्षमा झुटा आश्वासन मात्रै पाएकाले आगामी निर्वाचनमा युवा प्रतिनिधि निर्वाचित भए केही गर्ने आशा जागेको उनि बताउँछिन्।  

यसै गरी शुक्लाफाँटा नगरपालिका–३ का स्थानीय केशव जोशीले विकासनिर्माणका आयोजना बर्सौंदेखि अलपत्र परेको भन्दै निराशा छाएको बताए। गाउँमा पुल, सडक निर्माण योजनामा मात्रै सीमित भएका तर निर्माण अगाडि बढ्न नसक्दा जनप्रतिनिधिप्रति विश्वास गुम्दै गएको उनको भनाइ छ। नीति निर्माण गर्ने तहमा पुगेका जनप्रतिनिधिले विकासनिर्माणका आयोजनालाई समयमै पूरा गर्न केन्द्रित हुनुपर्ने उनले बताए।  

भीमदत्त नगरपालिका–२, उल्टाखामका स्थानीय महेश भट्टले अबको निर्वाचनमा नयाँ जोसजाँगर भएका तथा समुदायमा भिजेका व्यक्तिलाई मत खसाल्ने बताए। ‘कोही विदेशबाट झरेर, कोही राजधानीबाट टिकट लिएर चुनाव लड्न आउने गरेका छन्’ उनले भने, ‘विगतका वर्षका अनुभवले समेत अब भने यसै क्षेत्रमा बसेर यहाँको विकासका नीति, योजना निर्माण गर्न सक्ने युवालाई मत खसाल्ने सोच बनाएको छु ।’ 

विगतदेखि निराशा मात्रै छाएको बताउँदै उनले अब भने यस क्षेत्रको विकास गर्न चाहने तथा जनप्रिय उम्मेदवारलाई मत खसाल्न जरुरी देखिएको बताए।  जिल्लाको बेलडाँडी गाउँपालिका–२, नवजागरण टोलका स्थानीय गोकर्ण जोशीले यसअघि दुई पटक प्रतिनिधि सभा सदस्य र दुई पटक स्थानीय तहको निर्वाचनमा मत खसालेका थिए। प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचितले यसअघि यो क्षेत्रका लागि आवश्यक पर्ने नीतिनियम बनाउन भने चुकेको आभास भएको उनि बताउँछन्। नजिकै रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आवश्यक पर्ने काठदाउरा उपलब्ध नहुँदा बाहिर वा भारतबाट महँगोमा फर्निचरलगायतका सामग्री खरिद गर्नु परेको भन्दै उनि निराश छन्। 

अब निर्वाचित हुने प्रतिनिधिलाई यस क्षेत्रको विकास तथा युवालाई स्वदेशमै स्वरोजगार सिर्जना गर्न सक्ने नीति बनाउन उनले आग्रह गरे। यसका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने जनावरले गर्दा किसान रातभर जाग्राम बस्नुपर्ने, बालीनाली जोगाउन मुस्किल हुने गरेकाले उचित नीति तयार गरी वन्यजन्तुबाट बस्तीको संरक्षण गरिनुपर्ने उको माग छ। बेलौरी नगरपालिका–९ का स्थानीय शङ्कर भारतीले निर्वाचनको समयमा मात्रै भोट माग्न आउने उम्मेदवारले निर्वाचित भएपछि भने यस क्षेत्रका विकास आयोजनाको अनुगमनसमेत नगर्ने बताए। जसले गर्दा वडा नं. ९ स्थित डाँडाकुन्डामा छ वर्षपहिले निर्माण सुरु गरिएको खानेपानी आयोजना अलपत्र परेको उनका भनाइ छ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार