नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
पार्टी कार्यालयका सचिव प्रकाश शर्माले सूचना निकालेर माघ ९ गते शुक्रबार (भोलि) दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी गराएका हुन्।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिहरूलाई बैठकका लागि बोलाइएको हो।
पुस ३० गते विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति आएको थियो।
साथै सभापति थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ।
उक्त कार्यसमितिको पहिलो बैठक केन्द्रीय कार्यालयमा भोलि बस्दैछ।
भोलिको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्रीमा सभापति गगन थापालाई घोषणा जाने निर्णय गर्ने एक पदाधिकारीले जानकारी दिए।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सभापति थापा सर्लाही ४ बाट उम्मेदवार छन्।




प्रतिक्रिया दिनुहोस्