मुगु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मुगुमा सात दलले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सात दलले उम्मेदवारी दर्ता गराए पनि मुख्यतया तीन दलको कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिस्पर्धा हुने दलमाा नेपाली कांग्रेसबाट खडगबहादुर शाही एमालेबाट पूर्णहादुर रोकाया र नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
चारवटा स्थानीय तहमध्ये खत्याड गाउपालिकाबाट कांग्रेसका शाहीसहित रास्वपाका भुवन टमाटा नेकपा माओबादीका रंगबीर परियार उम्मेदवार छन भने सोरु गाउँपालिकाबाट नेपाली कम्यूनिष्ट पार्टीबाट चन्द बहादुर शाही र राप्रपाका बलबहादुर मल्ल उम्मेदवार छन । जिल्लाको एक मात्र छाँयानाथ रारा नगरपालिका प्रगतीशिल लोकतान्त्रिक पार्टीका ऐटन मल्ल र मुगुम कार्मारोङ गाउपालिकाबाट एमालेका पुर्णबहादुर रोकाया उम्मेदवार छन् ।
एक निर्वाचन क्षेत्र रहेको मुगुमा साना चार दलको उम्मेदवारी भएपनि मुख्यतया कांग्रेस, एमाले र नेपाली कम्यूनिष्ट पार्टी बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
०७४ सालको प्रदेश निर्वाचनमा पराजित कांग्रेसका शाही अहिले पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन । एमाले जिल्ला कमिटीका अध्यक्ष रोकायाको पनि यो प्रथम पटक चुनावी मैदान होमिएका छन् ।
रोकाया निर्वमान पूर्वजिल्ला समन्वय समितिका प्रमुख पनि हुन । त्यसैगरि नेपाली कम्यूनिष्ट पार्टीका शाही भने ०५६ सालको संंसदीय निर्वाचनमा बिजयी भएका हुन ।
त्यसैगरी २०७४ सालको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट बिजयी भएका थिए । पहिले मतदाताको तुलनमा मुगुमा पहिलो कांग्रेस, दोस्रो एमाले, तेस्रो माआबादी र चौथो एकिकृत समाजबादी पार्टी हुन । तर अहिले माओबादी र एकिकृत समाजबादी पार्टी एकता भएपछि तीन पार्टीबीच प्रतिस्पर्धा देखिएको छ ।
निर्वाचन कार्यालयका अनुसार मुगु जिल्लामा ३६ हजार ३१ जना मतदाता रहेका छन् । चारवटा स्थानीय तह रहेको मुगुमा ६७ मतदान स्थल र ७९ मतदान केन्द्र तोकिएका छन् ।
मुगुमा महिला उम्मेदवार भने शून्य देखिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मुगुमा कुनैपनि राजनीतिक दलले महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाएको देखिएन ।




प्रतिक्रिया दिनुहोस्