गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने घोषणा गर्दै कांग्रेस

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगनकुमार थापालाई नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ ।

सभापतिमा निर्वाचित भएपछि पहिलोपटक केन्द्रीय कार्यालयमा सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागेको हो ।

‘विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित हुनुभएका गगन थापासहितका पदाधिकाकारी र केन्द्रीय सदस्यलाई केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्वागत गनुृहुन्छ,’ सभापति थापानिकट स्रोतले शिलापत्रसँग भन्यो, ‘लगत्तै सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापतिलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नेछ ।’

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि कांग्रेसले औपचारिक रूपमा थापालाई प्रधानमन्त्रीमा अगाडि सार्ने निर्णय गर्न लागेको हो ।

थापा काठमाडौं– ४ छोडेर २१ फागुनको निर्वाचनमा सर्लाही– ४ बाट उम्मेदवार बन्दै छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार