चुनावकै मुखमा कुलमानलाई तेस्रो झट्का

२१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गराउने मुख्य जिम्मेवारी लिएको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले आ–आफ्ना क्षेत्रका ख्याति कमाएका व्यक्तिलाई मन्त्रिपरिषद्को सदस्य बनायो । जसमा यसअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख हुँदा लोकप्रिय भएका कुलमान घिसिङलाई पनि ३० भदौमा समेटियो । उनलाई तीन मन्त्रालयको नेतृत्व सम्हाल्ने जिम्मा प्रधानमन्त्री कार्कीले दिइन् । तर, जुन विश्वास र भरोसाका साथ उनलाई मन्त्री बनाइयो, त्यो भने हुन सकेन । अन्ततः कुलमानले ‘धोका’ दिए । उनले २३ पुसमा मन्त्री पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा होमिए । जुन, उनैले दिएको वचनविपरीत थियो ।

SHIKHAR COOL TECH

उज्यालो नेपाल पार्टी स्थापना गर्दा कुलमानले सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्य नै थिए । उनी ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको नेतृत्वमा थिए । तर, पूर्वऊर्जा सचिव अनुप उपाध्यायलाई अघि सारेर दल दर्ता गरेका कुलमानले विवेकशील र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमि भएका युवा नेताहरूलाई मिसाएर दल बनाएका थिए ।

दलका गतिविधि ठीकठाकै चलिरहेको थियो । २१ फागुनमा चुनाव हुने वातावरण बन्दै जाँदा रास्वपाका सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किए । उनले सहकारी ठगी मुद्दामा बाहिरै बसेर मुद्दा लड्न पाउने भएपछि दलीय गतिविधिमा सक्रिय भए । त्यसपछि पहिले बालेन र कुलमानलाई नै भेटे ।

बालेनले दल बनाइसकेका थिएनन् । तर, उनी अस्तित्वमा रहेकै दलबाट राजनीति गर्ने सुरसारमा थिए । यता, कुलमान भने मन्त्रिपरिषद्‌मै थिए । उनी राजीनामा नदिएरै दलीय गतिविधिमा सक्रिय थिए । लामिछानेले बालेन र कुलमानलाई भित्र्याउँदा आसन्न प्रतिनिधिसभाको निर्वाचनमा ‘ठूलो दल बन्न सकिन्छ’ भन्ने दाउ कसिरहे । नभन्दै बालेनले दल खोल्न पाएनन् । कुलमानलाई पनि १४ पुसमा उनले रास्वपा भित्र्याए । कुलमान आउनु अघिल्लो दिन नै बालेन र रवि मिलिसकेका थिए ।

त्यतिबेलासम्म कुलमानले राजीनामा दिएका थिएनन् । उनलाई चौतर्फी दबाब थियो । बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति यसअघि नै भइसकेको थियो । कुलमानले आफू उपउपभापति हुने र बाँकी दुई पदाधिकारीसहित केही केन्द्रीय सदस्य हुने गरी सहमति गरे । जबकि, उनले यसअघि आफ्नो पार्टीका तर्फबाट समानुपातिक उम्मेदवार तय गरिसकेका थिए ।

कुलमानले रास्वपासँग सहमति गरे पनि खुसी थिएनन् । आफ्नो दलको अस्तित्व मेटिने भय कार्यकर्ताबीच रहेको बताउँदै आएका थिए । जबकि, उनले दलको नाममा उज्यालो नेपाल पार्टी र चुनाव चिह्न बिजुलीको चिम पाइसकेका थिए । रास्वपा जाँदा नाम र चुनाव चिह्न छोड्नुपरेको थियो ।

जब रास्वपासँग एकता भयो कुलमानको अनुहार उज्यालो हुनुपर्नेमा झन्झन अँध्यारो भइरह्यो । आफ्नोतर्फबाट केन्द्रीय सदस्य दिन सकेनन् । जबकि, बालेनले आफ्नोतर्फबाट केन्द्रीय सदस्य दिइसकेका थिए । तिनले सपथ पनि लिए । तर, रास्वपाले बुझाएका समानुपातिक सांसदमा भने आफ्नोतर्फबाट केही नाम दिए । त्यसमा पनि पूरा नाम दिएनन् ।

कुलमानले २३ पुसमा राजीनामा दिए । सोही दिन उनले रास्वपासँग असन्तुष्ट रहेको खुलासा गरिसकेका थिए । अन्तत: २६ पुस साँझमा कुलमानले पत्रकार सम्मेलन गर्दै उज्यालो नेपालले रास्वपासँग गरेको एकता १२ दिनमै भङ्ग भएको घोषणा गरे ।

कुलमानले आफूले सहमति गरेबमोजिम रास्वपाले सम्मान नगरेको बताए । सोहीअनुसार अस्तित्व जोगाउन पार्टी भङ्ग गर्नुपरेको स्वीकारे । रास्वपासँग पावर सेयर गरेर राजनीतिक लाभ लिने उनको चाहना तत्काल अवरुद्ध बन्यो । उनले उज्यालो नेपालकोको अध्यक्ष पद सम्हाले ।

तर, उनीसँगै रास्वपा गएका धेरै नेताहरू भने फर्किनन् । रीमा विश्वकर्मालगायत धेरै नेताहरूलाई कुलमानले ‘ब्रेक’ दिए । नेताको परिचय दिलाए । तर, उनीहरू रास्वपा पुगिसकेपछि फर्किएनन् । उज्यालो नेपालबाट जाँदा भागबण्डामा समानुपातिक उम्मेदवार बनाएका मात्रै होइनन्, विवेकशीलको पृष्ठभूमि भएका नेताहरूसमेत रास्वपा गएपछि फर्किनन् । कुलमानलाई दोस्रो झट्का लाग्यो ।

पहिले रास्वपासँग एकता गर्दा असन्तुष्ट रहेका पूर्वका प्रभावशाली नेताहरूले बिहीबार पार्टी छोडेका छन् । पूर्वका पहिचानवादी आन्दोलनको नेतृत्व गर्ने नेताहरूले पार्टी छोडेपछि कुलमानलाई चुनावको मुखमा तेस्रो झड्का लागेको छ । कुलमानलाई तेस्रो झट्का दिनेमा डेकेन्द्रसिंह थेगिमलगायत रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार