डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाका सुकुम्बासीहरू पनि डराउन थालेको बताएका छन्।

बुधबार राष्ट्रिय युवा संघ क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ झापाको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापाका केही स्थानीयहरू डराउन थालेको बताएका हुन्।

SHIKHAR COOL TECH

‘सुकुम्बासी साथीहरुले भन्दै थिए, सुकुम्बासी भत्काउने अरे, डोजर लगाउने अरे । कोको मान्छे पो आएका छन् भनेर डर लाग्यो भन्दै थिए,’ उनले भने।

ओलीले नयाँ भन्दा भोट मात्रै खेर जान्छ भन्ने कुरा ०६४ मै पुष्टि भएको पनि बताए।  

‘०६४ देखि न एक सिन्का विकास भयो। न जनतासँग सम्पर्क छ, न एउटा कुनै वरको सिन्को पर सर्दैन, सिन्को भाँचिदैन,’ उनले भने, ‘ नयाँको स्वाद यस्तो तीतो, यस्तो अमिलो, न जिब्रो पखाल्दा जान्छ, न अरु केही गर्दा।’

त्यसकारण नयाँ भन्ने बित्तिकै भोट दिन नहुने उनले बताए।

‘ बैंकले नोट छाप्दा त धितो जमानीबिना छाप्दैन । मान्छेलाई भोट हाल्नु हुन्छ? खोज्दै कहाँ जानुहुन्छ, घर देख्नुभएको छ?,’ उनले भने।

बालेनका लागि झापामा गर्ने काम नै नभएको पनि ओलीले बताए।

‘राष्ट्रियस्तरमा भिजन भएको पनि होइन । उहाँले यहाँ के गर्ने ? उहाँको घर अघिको बाटो मैले पक्की बनाइदिएको छु । मैले उहाँको घर अघिको बाटोमा पुल हालिदिएको छु । उहाँको महोत्तरी जिल्ला क्षेत्र नम्बर ३ को मटियानीबाट जनकपुर जाने बाटोमा त्यहाँ पुल हालिदिएको छु । हामी त गर्छौं त । कुनै काम गरेको छैन, कुनै काम देखाएको छैन,’ उनले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार