कुलमानलाई दोस्रो झड्का, थेगिमसहितका पहिचानवादी नेताले पार्टी त्यागे

काठमाडौं : प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएर दलहरू प्रचारको रणनीतिमा सक्रिय भएको बेला उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई झड्कादिँदै पहिचानवादी नेता एवं पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमसहितले पार्टी छाडेका छन्। बिहीबार डकेन्द्रसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले विज्ञप्ति निकालेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन्।

संयुक्त विज्ञप्तिमा पहिचान सम्बन्धी आन्दोलन संस्थागत गर्न आफूहरू उज्यालो नेपाल पार्टीमा सहभागी भएको तर पार्टीमा आन्तरिक लोकतन्त्रको कमजोरी, विधि र प्रक्रियाको अस्पष्टता पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट  र लिखित धारणा प्रस्तुत गर्न नसकेको आरोप लगाएका छन्। विज्ञप्तिमा कुनै आरोप प्रत्यारोप नगरी नैतिकताको आधारमा अलग भएको भन्दै उनीहरूले संयुक्त पहिचानवादी मोर्चा सक्रिय गराउने उल्लेख गरेका छन्।

SHIKHAR COOL TECH

उनीहरूले फागुन २१ को निर्वाचनमा दलहरूको घोषणापत्रमा अनिवार्यरुपमा पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र, पूर्ण समानुपातिकप्रति स्पष्ट प्रतिबद्धता गराउन दबाब दिने, स्वतन्त्र रूपमा ‘नो कोशी’, ‘नो केबलकार’ अभियान अनुसार मुक्कुमलुङ, खुवालुङ, बोझेनीलगायत धार्मिक-सांस्कृतिक स्थलमाथि भइरहेको अतिक्रमणविरुद्ध प्रतिरोध गर्ने उल्लेख गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार