काठमाडौँ । रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) चुनाव प्रचार प्रसारका लागि कोशीका विभिन्न जिल्ला जाने भएका छन् । उम्मेदवारी दर्ता गर्न माघ ४ गते जनकपुर पुगेका बालेन ६ गते बिहान झापा पुगेर प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए ।
उम्मेदवारी दर्ता गरेपछि माघ सात गते दिनभर झापामै बसेर चुनावी गतिविधिमा सक्रिय रहेका शाह माघ ८ गतेबाट पाँचथर, तेह्रथुम लगायतका जिल्लामा चुनावी प्रचार प्रसारमा जाने शाहलाई सहयोग गर्दै यज्ञमणि न्यौपानेले जानकारी दिए । न्यौपाने आफैँ पनि मोरङ–१ बाट रास्वपाको उम्मेदवार छन् ।
‘भोलिबाट पाँचथर, तेह्रथुम र ताप्लेजुङ जानुहुन्छ’, न्यौपानेले रातोपाटीसँग भने, ‘फर्केर झापा बस्नुहुन्छ । त्यसपछि धनकुटा भोजपुर सम्म जाने कार्यक्रम छ । यसो गर्दा उहाँको बसाई कोशीमा अझै एक साता हुने भएको छ ।’




प्रतिक्रिया दिनुहोस्