काँग्रेस कैलाली–४ का उम्मेदवार गोरख विष्ट निर्वाचन क्षेत्रमा प्रवेश

Call24News

अत्तरिया: नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार गोरखबहादुर विष्ट ९आनन्द० आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । मंगलबार वारेसनामार्फत उम्मेदवारी दर्ता गराएका विष्ट बुधबार काठमाडौंबाट हवाई मार्ग हुँदै धनगढी आइपुगेका हुन् ।

धनगढी विमानस्थलमा कांग्रेसका नेता, कार्यकर्ता र समर्थकहरूले विष्टको स्वागत गरेका थिए । कांग्रेस क्षेत्रीय सभापति वसन्त रोकाया, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलगायतले विमानस्थलमै उनको स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै विष्टले कैलाली क्षेत्र नम्बर ४ को समग्र विकासका लागि पवित्र भावनाका साथ निर्वाचनमा होमिएको बताए । उनले आफू ३६ वर्षदेखि नेपाली कांग्रेसमा आबद्ध रहेको उल्लेख गर्दै जन्मभूमिको सेवा गर्न उम्मेदवारी दिएको बताए । “म पवित्र भावना लिएर कैलाली क्षेत्र नम्बर ४ का जनताको सेवा गर्न आएको हुँ । मेरो लुकाउने केही छैन, म खुला किताब हुँ,” उनले भने ।

विष्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आर्जन गरेको अनुभव क्षेत्रको विकासमा प्रयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले देशमा देखिएको ‘जेन–जी’ आन्दोलनको भावना समेट्दै अगाडि बढ्ने बताए । पार्टीभित्र देखिएका विवाद समाधान भइसकेको उल्लेख गर्दै अहिले कुनै पनि प्रकारको मनमुटाव नरहेको दाबी गरे ।

उनले यो चुनाव व्यक्तिगत नभई पार्टीबीचको प्रतिस्पर्धा भएको स्पष्ट पारे । आफ्ना प्रतिस्पर्धी लेखराज भट्टलाई फोन गरी स्वच्छ प्रतिस्पर्धा गर्दै चुनाव लड्न आग्रह गरेको जानकारी दिँदै गालीगलौज र नकारात्मक राजनीति त्याग्ने प्रतिबद्धता जनाए ।

विमानस्थलबाट र्‍यालीसहित निर्वाचन क्षेत्रमा पुगेका विष्टले सर्वप्रथम गोदावरी तीर्थधामको दर्शन गरेका थिए । गोदावरीमा जारी बाह्र राशि कुम्भ मेलाअन्तर्गत कुम्भ बाटिका र शिवालयमा पूजाआजा गर्नुका साथै धामका महन्थ तुल्छी गिरीबाट आशिर्वाद लिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार